मनहर्वा,बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर– ५ रुपौलीमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा निसु राउत कुर्मीका २२ वर्षका छोरा रंजित पटेल रहेको प्रहरीले जनाएको छ ।
मंगलवार रातीे खेतको मकैबारीमा पानी पटाउन मोटर चलाउन खोज्दा एक्कासी करेन्ट लागि घट्नास्थलमै उनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
घटना राती अन्दाजी १०ः ४० बजेको समयमा भएको हो । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको उपरीक्षक थापाले जानकारी दिनुभयो ।