कलैया,नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार बिहीवार बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि शुक्रवार बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ । शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले स्मरण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here