सिमरा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा आइतवारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नम्बर २१ को कार्यालयको सहयोग र अभियान नेपालको व्यवस्थापनमा तयारी कक्षा सुरु भएको हो ।
तयारी कक्षाको उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

तयारी कक्षाको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले स्वदेशमै बसेर सरकारी सेवामा प्रवेश गर्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले युवालाई सरकारी सेवामा प्रवेश गर्नका निम्ति प्रोत्साहन गराउन लोकसेवा तयारी कक्षा संचालन गरिएको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले यस्तो कार्यक्रमलाई आफ्नो कार्यकालमा निरन्तरता दिदै जाने जानकारी दिनुभयो ।
अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमल्सिनाको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सुकुमाया कुमारी, वडा सदस्य जमुना गौतम, सिता विक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार साह, शाखा अधिकृत सिद्धार्थ चौधरी, वडा सचिव जीवनकुमार क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।डेढ महिनासम्म संचालन हुने तयारी कक्षामा ४० जना भन्दा बढीको सहभागिता रहेको छ ।















