महिलामाथि हुने हिंसाको सवालमा मधेश प्रदेश अग्रणी स्थानमा रहेको छ । मधेशका सबै जिल्ला कुनै न कुनै हिसावले महिला हिंसाको सवालमा प्रताडित हुने गरेकै छ । अझै घर परिवारबाट यहाँका छोरीहरुसबैभन्दा बढी असुरक्षित छन् । यसको उदाहरण हालै पर्सामा घटेको एउटा घटनालाई पनि लिन सकिन्छ । कथित प्रेमीसंग भेटेको निहँुमा छोरीलाई मृत्युको मुखमा पुग्न बाध्य पार्ने बावुआमा यही समाजमा छन् ।

सबै बावु आमा यस्ता नहोलान् तर सोच भने खतरनाक छ । एक प्रकारले महिला हिंसा घरघरमा रहेको अवस्थामा सरकारले भने छोरी बीमा कार्यक्रम संचालन गरेको छ । मधेश प्रदेश सरकारले संचालन गरेको यो अभियानका क्रममा लाखौं रकम खर्चिएको भएपनि महिलाहरुको अवस्थामा सुधार आएको छैन । बरु चेलीहरु अझैपनि प्रताडित भइरहेका छन् ।

प्रदेश सरकारले संचालन गरेको अभियान पूरै खराब पनि भन्न खोजिएको होइन तर यसका लागि सोच परिवर्तन हुन आवश्यक छ । सोच परिवर्तन नभएका कारण पनि मधेशमा छोरीचेलीहरु प्रताडित भइरहेका छन् । सोच र चिन्तन परिवर्तन नभएसम्म छोरी बीमा वा अन्य कुनै कार्यक्रम संचालन गरेपनि त्यो सफल हुने संभावना कमै देखिन्छ ।

 

 

 

Leave a Reply