निजगढ,३ दिनअघिको वर्षासंगै आएको हुरीमा पोल ढलेर निजगढ नगरपालिका वडा नम्बर १३ को डम्बरपुर र भक्तलालमा क्षेत्रमा अवरुद्ध विद्युत सेवा आज राति सूचारु भएको छ ।वडा नम्बर १३ भक्तलालको कुनाटोल क्षेत्रमा हुरीले ढलेका पोल मर्मतको काम सम्पन्न भएपछि आज राति ७ः४५ बजेबाट विद्युत सेवा सुचारु भएको हो ।
प्रधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख रामप्रकाश साहका अनुसार आइतवार बिहानबाट मर्मतको काम शुरु गरिने तयारी गरिएको भएपनि आजमात्रै मर्मतको काम पुरा गरेर विद्युत सुचारु पारिएको हो । उहाँले हुरीका कारण अमलेखगञ्ज क्षेत्रमा ढलेका पोल मर्मत गर्न धेरै समय लागेकाले भक्तलाल र डम्मरपुर क्षेत्रमा विद्युत सुचारु गर्न ढिलाई भएको जानकारी दिनुभयो ।प्राधिकरणले विद्युत संरचना मर्मतको लागि निमार्ण व्यवसायीका कामदारहरुमार्फत काम गराउदैआएको छ ।शनिवार दिउसो आएको हुरीले भक्तलाल क्षेत्रमा ३ वटा पोल ढालेपछि गाउँमा विद्युत सेवा अवरुद्ध बन्दै आएको थियो ।

















