दुई दशकअगाडि अमेरिकाले अफगानिस्तानमा सैनिक हमला गरेको थियो र उसले सोचको थियो कि अब अफगानिस्तानबाट आतंकवाद निर्मुल हुने छ । तर दुई दशकपछि फेरि समय अर्को भएको छ । तालिवानले अफगानिस्थानमा पुनः कब्जा जमाएको छ । सन् २००१ मा अमेरिकाको आक्रमणपछि सत्ताच्यूत भएको तालिवानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानलाई हातमा लिएको हो । यो समय अमेरिकी सेनाले २० वर्षसम्म त्यहाँ लडाइँ ग¥यो ।

अहिले आफ्नो नागरिकलाई फिर्ता लैजान मात्रै थप पाँच हजार सैनिक काबुलमा पठाएको छ । युद्धकै यो समयमा सो सेनाले अमेरिकी नागरिकलाई सुरक्षित फिर्ता लानेछ । तर, त्यहाँ अमेरिका मात्र नभइ नेपालसहित विश्वका धेरै राष्ट्रका नागरिक छन् । उनीहरू यो परिवर्तनले अप्ठ्यारोमा परेका छन् । सत्ता नै तालिवानको हातमा पुगेपछि त्यहाँ रहेका नागरिकलाई चाँडो फिर्ता बोलाउन असहज भएको विभिन्न देशले जनाएका छन् । नेपाली नागरिकले पनि सरकारसँग आपूmहरूलाई चाँडो फिर्ता बोलाउन अपील गरेका छन । काबुल तनावग्रस्त छ ।

राष्ट्रपति असरफ घानीले देश छाडेका छन । तालिवानको कडा दबावपछि उनी ताजिकिस्तानका लागि उडे । अब के हुन्छ ? त्रासमा अफगानिस्तानमा रहेका विदेशी नागरिक छन । यहाँ विभिन्न बाटो भएर विदेशी नागरिक पुगेका छन् । त्यसमा नेपालीको संख्या पनि ठुलो छ । कोही जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका छन् भने कोही अमेरिकी सेनाको क्याम्पमा काम गर्छन् । नेपालीहरुको पनि उद्वार त भएकै छ होला नै र हुनु पनि पर्दछ तर साम्राज्यवादी अमेरिकाको अफगानी नीतिबाट भने नेपाल जस्ता देशहरुले पनि बेलैमा सोच्न आवश्यक छ ।

 

Leave a Reply