आर.के.चौधरी

सखुवाप्रर्सौनी,पर्सागढी नगरपालिकाले शुक्रबार सातौ नगर सभामा आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सोही बैठकले नगरपालिकको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभा कार्यक्रमका प्रमुख अतिथि एंव नगरपालिका प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख पुजा चौधरीले आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख चौधरीले प्रस्तुत गर्नु भएको ५८ करोड ८१ लाख ५९ हजार रकमको बजेट नगर सभामा दुई तिहाई बहुमतले पारित भएको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले घोषणा गर्नु भएको थियो । नगर कार्यपालिकाका सदस्य र केही वडा सदस्यहरुले आफ्नो माग पुरा नभएको भन्दै नीति तथा कार्यक्रमको विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here