अहिले फेरि नेपालमा बाम एकताको कुरा उठेको छ । यो विषय बढीजसो नेकपा माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष प्रचण्डले उठाएको देखिन्छ । विशेषगरी पूर्व माओवादी घटकहरुको एकताको कुरा प्रचण्डहरुबाट बढी सुनिएको हो । माओवादी घटक भन्नाले अहिलेका नेत्रबिक्रम चन्द, मोहन बैद्य अनि बावुराम भट्टराईहरु चिनिन्छन । केही पूर्व माओवादीहरु अहिले नेकपा एमालेमा पनि छन् । एमालेमा बसेका पूर्व माओवादीहरुसंग त एकताको कुरा अब संभव पनि नहोला । फेरि एमालेमा अब फेरि पनि माओवादीसंग पार्टी एकता गर्ने कुरा असंभव जस्तै छ । विगतमा एमालेसंग माओवादीले पार्टी एकता गरेका थिए । के के न गरौंला भनेर यी दुई पार्टी मिलेका हुन । तर यिनीहरुको एकता लामो समयसम्म नटिकेको मात्रै होइन, उल्टै यि दुई पार्टीबीच विभाजनमात्रै भएन, लामो समयसम्म उनीहरुको सम्बन्ध तिक्ततापूर्ण रहन पुगेको थियो  । त्यो घटनापछि नेपालका कम्यूनिष्टहरुले धेरै कुरा गुमाउदैआएका छन । कारण र समस्या जो भएपनि कम्यूनिष्ट एकता नेपालका लागि अब लगभग असंभव नै छ ।
अब फेरि प्रचण्डको माओवादी एकताको फण्डाले पनि खासै काम गर्ला जस्तो देखिदैन । प्रचण्ड स्वयम् माओवादी पार्टीको संस्थापक पार्टी भएकाले उसंग केही जनाधार बाँकी छ तर माओवादी सम्बद्ध अन्य पार्टीको जनाधार भने खस्किसकेको  अवस्था छ । अनि यिनीहरुबीचको एकताले अब के नै लछारपटार लाग्ने हो र ? त्यसैले प्रचण्डले भन्ने गरेको यो एकतामा केवल स्वार्थ अनि माओवादी सिध्याउने एउटा खेल मात्रै हो । यसको कुनै अर्थ छैन ।

Leave a Reply