नेपालमा संघीयता आएपनि वास्तविक संघीयताको अनुभूति नागरिकहरुले गर्न पाएकाछैनन् भन्ने एकखालको ब्यक्तिहरुको भनाइ छ र यसलाई संघीयता पक्षधर भनिएकादलहरुबाट पनि मलजल हुने काम भएको छ । नेपालमा पछिल्लो समय हेर्दा यस्तैदेखिन्छ । एक त देशको आर्थिक अवस्थाका कारण संघीयतालाई समाल्न सकस भइरहेकोअवस्थामा सरकार बनाउने र गिराउने खेलमा राजनीतिक दलहरु लागि रहेको देखिन्छ ।आफूलाई संघीयताको हिमायती बताउने माओवादीका अध्यक्ष नै यो बिषयमापछिल्ला दिनमा बढी लागेको देखिन्छ ।

चुनावमा एक पार्टीसंग गठबन्धन गर्ने अनि त्यो पार्टीसंगको स्वार्थ
सकिएपछि गठबन्धन फेर्ने प्रबित्ति बढेका कारण यसको सिधार असर प्रदेशमा पनिपरेको छ । करिब एक महिना अगाडि केन्द्रमा प्रचण्डले सत्ताका लागि गठबन्धनफेरबदल गरेसंगै त्यसको सिधा असर प्रदेशमा देखिएको हो । अहिले सात प्रदेशकै
सरकार फेरबदलको अवस्थामा रहेका छन् । कतै मुख्यमन्त्रीहरुलाई बहुमत जुटाउनहम्मे भएको छ भने कतै पद गुमाउन परेको छ ।यसले जसले जे भनेपनि संघीयता कमजोर नै हुने हो ।

यसले संघीयता बलियोहुनै सक्दैन । बरु संघीयता त नेता तथा कार्यकर्ताहरु ब्यवस्थापन गर्ने एक उचित ठाउँपो होकि भन्ने पनि दलहरुले नै पुष्टी गरेको देखिन्छ । संघीयतालाई बलियोबनाउनका लागि सरकार पनि कम्तीमा पाँच बर्ष टिक्न दिन पर्दछ । एक सरकारलाई कामगर्न पनि दिनु र्पछ तर यहाँ त आफ्नो पद जोगाउनका लागि संघीयतामाथि नैआक्रमण गर्ने बानी परेकाले पनि यसको सिधा असर प्रदेशमा परेको छ र यसलेसंघीयतालाई निकै कमजोर बनाउने निश्चित छ ।

Leave a Reply