कलैया,नेपाली कांग्रेस पार्टी निकट नेपाल शिक्षक संघ बाराको नवौं जिल्ला अधिवेशनबाट राजकिशोर सहनी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।सहनीको नेतृत्वमा अन्य पदाधिकारीसहित २० सदस्यीय कार्यसमिति मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन ।दुई प्यानलमा बुधबार कलैयामा सम्पन्न मतदानपछि शुक्रवार मतगणना सकिएको हो । सहनीले १ हजार १ सय १७ मत ल्याउनु भने उहाँका निकटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष परमहंश यादवले ८ सय ७७ मत प्राप्त गर्नुभयो । २ सय ४० मतको फराकिलो अन्तरले सहनी निर्वाचित भएका हुनु भएको हो । उपाध्यक्षमा अनिता चौधरी, सुभाषचन्द्र यादव, सचिवमा शुकदेव यादव, सचिव (अर्थ) तर्फ षिकान्तकुमार, सचिव रामविनयप्रसाद यादव, समावेशी सहसचिवतर्फ धनीराम चौधरी र हितेन्द्र चौधरीलगायत १२ जना अन्य सदस्य निर्वाचित हुनु भएको छ । सहनी नेपाली काग्रेस संस्थापन र यादव संस्थापन इतर पक्षबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए । सबै पदाधिकारी र अधिकांश सदस्यहरु संस्थापन पक्षकै निर्वाचित भएका छन् ।

















