नरेश गुप्ता

बरियारपुर,नेपाल रेडक्रस सोसाइटी उपशाखा गंजभवानीपुरले महागढीमाई नपा वडा नम्बर ३ र १० का सर्वसाधारणलाई मास्क र साबुन निः शुल्क वितरण गरेको छ । रेडक्रस सोसाइटी गंजभवानीपुरका अध्यक्ष प्रभुलाल कुशवाहाको अगुवाइमा स्थानीय सर्वसाधारण, व्यापारी, बालबालिका, पैदलयात्री र सवारी चालकलाई मास्क बितरण गरिएको हो । त्यसैगरी उपशाखाले नगरका विभिन्न स्थानमा साबुन पानीले धात धुने व्यवस्था पनि मिलाएको उपशाखा अध्यक्ष प्रभुलाल कुशवाहाले बताउनुभयो ।

बढदो कोरोना महामारीलाई नियन्त्रण गर्न उद्योग बाणिज्य संघ गंजभवानीपुर र फोरवर्ड बैकको सहयोगमा मास्क र सबुनको व्यवस्था गरिएको हो । सो कार्यक्रममा गंजभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक संजय यादव, रेडक्रस सोसाइटी का तेजनारायण जैसवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply