निजगढ,अविरल वर्षापछि निजगढ १० को लालबकैया खोलामा आएको बाढीले आइतवार बिहान दुध बोक्ने एउटा (ट्याङ्कर) भ्यान बगाएको छ ।सिमराबाट लालगाउँमा दुध लिन जादै गरेको अवस्थामा प्रदेश नम्बर ३–०२ च ३९० नम्बरको दुध बोक्ने पिकअप गाडी बिहान ११ ः३० बजे निजगढ वडा नम्बर १० को लाल खोलाको बाढीले बगाएको हो ।नदी पार गर्ने क्रममा खोलामा एक्कासी आएको बाढीले पिकअपलाई बगाएर करिव ८ सय मिटर तल पु¥याएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । खोलाले बगाएको गाडी सशस्त्र प्रहरी बल निजगढका प्रहरी निरीक्षक दिलभुषण झाको कमाण्डमा खटेको टोलीले बाहिर निकालेको हो । सशस्त्र प्रहरीको ११ जनाको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु खटिएपछि दिउसो करिब २ बजे सो ट्याङ्कर एक्साभेटरको मद्दतले निकाल्ने काम गरिएको निरीक्षक श्रेष्ठले बताउनुभयो ।

Leave a Reply