निजगढ,दिपावली, छठ पर्व र नेपाल सम्बतको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ४ शिखर वस्तिमा जारी नाइन ए साइड फुटलब प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा निजगढ नगरपालिका वडा नम्बर ५ को निजगढ सिटी र वडा नम्बर ४ को निजगढ युवा क्लब विजयी भएका छन । पहिलो खेलमा रतनपुरी युनाइटेडलाई टाइब्रेकरमा ३÷० ले हराउदै निजगढी सिटीले जित निकालेको हो । निजगढ सिटीका गोल रक्षक रचित थापाले रतनपुरी युनाइटेको लगातार ३ प्रहार रोकेपछि सिटीको जित निश्चित भएको थियो ।
त्यसैगरी दोस्रो खेलमा वनदेवी युवा क्लब सिगौललाई ४÷० गोल अन्तरले पराजित गर्दै निजगढ नगरपालिका वडा नम्बर ४ को निजगढ युवा क्लब विजयी बनेको छ । निजगढ युवाको लागि शरण कुँवरले २, पारस लामा र मंगलले समान १÷१ गोल गरेका थिए । बिहीबारको पहिलो खेल निजगढ युवा र आयोजक बागदेव हाइट तथा दोस्रो खेलमा जनएकता सिगौल र डम्बरपुर युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य हिरा हुमागाईले जानकारी दिनुभएको छ ।