नेपालको सन्दर्भमा जे गरेपनि प्रश्न भने उठ्ने गर्दछ । काम नै नगरेपनि प्रश्न उठ्छ र काम गरेपनि गतिलो काम भएन भनेर पनि कुरा उठाइन्छ । यद्यपि नैतिकताको कसीमा भने जो कोही पनि रहनुपर्दछ र मंगलवार सामान्य प्रशासन मन्त्रीले नैतिकता देखाएको देखिन्छ ।घुस प्रकरणका सवालमा एउटा अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्रीले राजिनामा नैतिकताको आधारमा नै दिएको देखिन्छ । नेपालको राजनीतिमा नैतिकता कमै प्रदर्शन गरिन्छ तर मन्त्री राजकुमार गुप्ताले देखाएको नैतिकताको प्रशंसा नै गर्नुपर्दछ ।

अब सवाल राजिनामाको मात्र होइन, कोहीमाथि आरोप लागेपनि छानबिन भएर सत्य कुरा बाहिर ल्याउनुर्पछ । दोषी भए कारबाही हुनुपर्दछ र निर्दोष भए आरोप लगाउनेमाथि कारबाही हुनुपर्दछ । मन्त्री गुप्ताले आफ्नो गल्ती नभएको कुरा बारम्वार बताउदै आउनुभएको पाइएको छ । गल्ती नभएपनि मानौं,उहाँले राजिनामा दिएपछि छानबिन हुन आवश्यक छ ।फेरि नेपालमा यस्तो स्वतन्त्र निकाय पनि छैन,जसले यस्तो कुराको छानबिन गरोस् । प्रहरी त यो विषयमा दक्ष छ तर प्रहरीलाई काम गर्न दिइदैन । निष्पक्ष तवरले प्रहरीले काम गर्न नै पाउदैन, काम गर्ने वातावरण मिलाइयो भनेपनि ।
त्यसैले अहिले देखिएको यो गुप्ताको प्रकरण पहिलो होइन । यस्ता धेरै घटना नेपाली राजनीतिमा भएका छन् तर छानबिन भएको पाइदैन र को दोषी को निर्दोष पनि भनेको पाइदैन । अब यो पनि यसै डिसमिस हुने संभावना चैं बढेको छ ।

Leave a Reply