सिमरा,नेकपा एमालेका पोलिटब्युरो सदस्य एवंम पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमाले अझै बलियो बन्दै जाने दाबी गर्नुभएको छ । उहाँले जनताको समर्थन एमाले पार्टीप्रति बडदै गएको दाबीसमेत गर्नुभयो ।मिसन ग्रासरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले सिमरामा आयोजना गरेको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री पौडेलले मिसन ग्रासरुट अभियानबाट एमाले पार्टी जनताको भावनासंग जोडिन पुगेको र पार्टीमा जनताको आकर्षण बढ्दै गएको अझै सुदृढ बनेको बताउनुभयो । उहाँले पार्टी बलियो बन्दै गएको हुनाले एमाले विरुद्ध जस्तोसुकै मोर्चा बने पनि त्यस्तो मोर्चा परास्त हुने दाबी पनि गर्नुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै अर्की पोलिटब्युरो सदस्य एवम पूर्वमन्त्री ज्वालाकुमारी साहले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उपमहानगर कमिटीका अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य अरबिन्द सिह, प्रदेश कमिटी सदस्यहरु मनोज पौडेल, राधेश्याम शिवाकोटी, किशोर शर्मालगायतले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रमको सहजीकरण रत्न उप्रेती र स्वागत त्रिलोकबिक्रम ठकुरीले गर्नुभएको थियो ।

Leave a Reply