नरेश गुप्ता

बरियारपुर,नेपाल सरकारका कृषि मन्त्री महेन्द्र यादवले किसानका हरेक समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल बाराले कलैयामा सोमबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै किसानका मलखादको समस्या हल गर्न र वर्षाले धानबालीमा गरेको क्षतिको क्षेतिपूर्ति व्यवस्था गर्ने लगायतका समस्या चाडै समाधान हुने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

स्वागत कार्यक्रममा बोल्दै जसपा नेपालको केन्द्रीय सद्स्य तथा संविधान सभा सद्स्य प्रमोद गुप्ताले नेपाल सरकारका कृषि मन्त्री यादवमार्फत नेपाल सरकारको भौतिक योजना मन्त्री रेनु यादवलाई कलैया मानवत मटिअर्वा सडक खण्डको निर्माण कार्यलाई गुणस्तरीय बनाएर चाढै पूरा गर्नेतर्फ पहलको लागि ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यसैगरी प्रदेश सभा सद्स्य पारस साहले प्रदेश नम्बर २ को ८ वटा जिल्लामा किसानको धानबाली नष्ट भएकोले त्यसको क्षतिपूर्तिको लागि चाडै व्यवस्था गर्न मन्त्री यादवसंग आग्रह गर्नुभएको थियो । सोे अवसरमा कृषि मन्त्री यादवले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जसपा प्रवेश गर्नु भएका सो पार्टीका बारा जिल्ला प्रवक्ता अरुण सिहलाई जसपा पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रम जसपा बारा अध्यक्ष अजय पटेलको अध्यक्षतामा भएको थियो ।

Leave a Reply