वीरगञ्ज,रौतहटको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको छ ।राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना रहेको देखिएको तर मृतकको स्पष्ट सनाखत नहुन्जेलसम्मको लागि नाम सार्वजनिक नगरिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताउनुभएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताउनुभयो ।घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । प्रवक्ता गिरीकाअनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । मृतकको शवको केही परबाट सिजे ०१– २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

















