काठमाडौं,नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।शनिबार भएको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका एक पदाधिकारीले बताए ।बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर तत्कालिन सत्तागठबन्धको तर्फबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताए । चितवन–२ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित हुनुभएको थिए भने तनहुँ–१ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित हुुनुभएको थियो ।

















