धर्म भनेको व्यक्तिको आस्था र भक्ति हो । नेपालको अहिलेको संबिधानको कुरा गर्ने हो भने कुनै पनि नेपालीले आफूलाई चाहेको धर्म मान्न र भगवानलाई पनि मान्न पाउने अधिकार दिएको छ ।नेपाल कुनै समयमा हिन्दू राज्य भएपनि अहिले भने भने धर्मनिरपेक्ष छ । धर्म सापेक्षको माग उठे पनि देशमा अहिले सबै धर्मको संरक्षण गर्ने अभिारा राज्यले नै लिएको छ । यो अर्थमा धर्म मान्ने अधिकार सबैलाई छ ।तर, केही राजनीतिक व्यक्ति वा समूहहरु यही धर्मको नाउमा समाजमा आतङ्क सृजना गरेर र समाजमा धार्मिक हिंसा मच्चाएर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ कि भन्नेमा पनि लागेको देखिन्छ । त्यसो त विश्वमा पनि गरिबी, धर्म र जातका नाउमा नै ठूला हिंसाका घटना भएको छ ।नेपालमा पनि हालै गरिबको नाउमा माओवादीले हिंसाको राजनीति गरेर अहिले सत्ताको हालीमुहाली गर्दैैछ । यस्तै गिरोहले फेरि धर्म वा जातको नाउमा हिंसा मच्चाउने खतरा नेपालमा अझै छ ।पछिल्लो समय सर्लाही र पर्सामा भएको पनि यस्तै हो । यसैको एउटा रुप वीरगञ्ज र मलङ्गवाको सडकमा प्रकट भएका थिए । वीरगञ्जमा धर्मको नाउमा हिंसा मच्चाउने खेल बेलाबेलामा हुने गरेको छ । अहिलेसम्म त उक्त गिरोह आफ्नो अभिष्ट पुरा गर्न सफल भएको छैन । तर, समाजका सबै पक्षले सावधानी नअपनाउने हो भने कुनै पनि बेला हिंसा नभड्किएला भन्न पनि सकिन्न । त्यसैले सोमवार वीरगञ्जमा निकालिएको र्यालीको अर्थ पनि यही नै होला कि सद्भाव सबै र सदाका लागि वीरगञ्जमा आवश्यक छ ।