सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत सबइन्जिनियर राजेश रायको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जनकपुरबाट फर्कने क्रममा आइतवार राती राय चढेको कार दुर्घटनामा परेको हो ।रायको दुर्घटनामा परी मृत्यु भएको पुष्टि भने भइसकेको छ । जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले सामाजिक संजाल फेसबुकमार्फत रायप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले पनि इन्जिनियर रायको दुर्घटनामा परी निधन भएको खबर आफूले प्राप्त गरेको बताउनुभयो । राय उपमहानगरपालिकाको वडा नं. २१ स्थित वडा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । राय केही महिना अघि मात्रै विवाह बन्धन बाधिनुभएको थियो ।