वीरगञ्ज,नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण तथा सम्मान कार्यक्रम बिहीवार क्लासिक बैंक्वेट, वीरगञ्जमा सम्पन्न भएको छ ।बैशाख ६ गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई बिहीवार औपचारिक कार्यक्रमको आयोजना गरेर सपथ ग्रहण गराइएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका नेता योगेश भट्टराई सहभागी हुनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा नेपाल सरकारका संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ता, मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवाल, एमाले केन्द्रीय कमिटी सदस्य अरविन्द सिंह, महानगरपालिकाका पूर्वमेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछाने र मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारलगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

Leave a Reply