बिदुर खडका

डुमरवाना,मकै रोपिसकेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले अनुदानको मकैको बिउको टेन्डर निकालेपछि बाराको उत्तरी क्षेत्रका किसानहरु आक्रोशित बनेका छन ।

नगरपालिकाले कार्तिक १५ गते १५ दिनको म्याद राखी कृषकलाई उपलब्ध गराउन एनयल ९७१, बिजय ९७७७, पयोनियर ३३५५, डिकेसी ९८१, प्रजातिको मकैको बिउको टेन्डर आह्वान गरेको थियो ।

सरकारी निकयले जहिले पनि गोडने बेलामा मकै र धान काटने बेला भएपछि मल उपलब्ध गराउने परिपाठीले किसानहरुले हरेक वर्ष सास्ति खेप्नुपरेको किसानहरुको गुनासो छ ।

डुमरवानाका बिउ बिजक बिक्रेता कृष्ण लामिछानेले समेत मकै रोपी सकेपछि नगरपालिकाले मकैको बिउको टेण्डर निकाल्नु उचित नभएको जनाउनुभएको छ ।

यता नगर कृषि शाखा प्रमुख राधिका भारतीले भने नगरले मकैको बिउको खरिद प्रकृयाको लागि दशै अघि नै सरकारलाई पठाएकोमा माथिबाट नै ढिलाइ भएकोले बिउ खरिद प्रकृया ढिलो भएको प्रतिक्रिया दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here