राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको एक वर्ष पनि नहुदै यसले ब्यालेटको राजनीतिमा निकै ठूलो सफलता हासिल गरेको छ ।हालै सम्पन्न भएको उपनिर्वाचनामा पनि दोश्रो पटक चितवन २ मा उठेका रविले अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनको भन्दा बढी मत ल्याएर सबैलाई आश्चार्य चकित बनाइ दिएका छन् । उनले मत ल्याउनुमा वर्तमान ठूला भनिएका दल र उनीहरुको बद्मासी नै हो यसमा थप विश्लेषण आवश्यक छैन ।तर रविले लोकप्रिय मत पाइरहदा इतिहाँसको पनि निर्मम समीक्षा हुन आवश्यक छ । नेपाली काँग्रेसले २०१५ सालको निर्वाचनपछि भएका कयौं निर्वाचनमा बहुमत ल्याएको थियो तर पाँच वर्ष शासन गरेको इतिहाँस छैन । सशस्त्र संघर्षमार्फत राजनीतिमा उदाएको माओवादीले २०६४ सालमा बहुमत ल्याएकै हो तर उसले झन् एक वर्ष पनि शासन टिकाउन सकेन ।अनि २०७४ को निर्वाचनमा एमाले मिलेर बनेको नेकपाले पनि बहुमत ल्याएकै हो । तीन वर्षमा नेकपारुपी एमाले कता गयो इतिहाँस ताजै छ । रविको सवालमा उसलाई र उनको पार्टीलाई मत दिने र शुभचिन्तक ठान्नेहरुले यी कुरामा ध्यान दिन आवश्यक छ ।रविको पार्टीको संघीयताको विषयमा स्पष्ट नीति छैन । समानुपातक निर्वाचन प्रणाली खारेजीको पक्षमा उनी उभिएको कुरा कतै आएको छैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उनले चाहेका हुन् वा होइनन् त्यो पनि स्पष्ट छैन । आरक्षणको नाउमा वषौंसम्म कसैलाई अवसर दिइरहने वर्तमान ब्यवस्थाको उनी बिरोधी हुन् वा होइनन् त्यो पनि थाहा छैन ।पूर्व भएपछि राज्यबाट सेवा लिने वा नलिने त्यो कुरा स्पष्टसंग उनले बताएका छैनन् । रविपछिको राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुन्छ त्यो पनि स्पष्ट नभएको हुनाले रविलाई जतनाको मत पाँच वर्षमै भारी हुने हो कि भन्ने चिन्ता पनि बौद्धिक जगतमा व्याप्त छ ।


















