कृपा संवाददाता
कलैया , १५ मंसिर । बाराका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले बारामा अझै अज्ञान्ता र अशिक्षाको कारण बालविवाह गर्ने परम्परा कायमै रहेको जानकारी दिए । सुन्दर शान्त नेपाल परियोजना अन्तरगत नागरिकलाई संवाद मंच कलैयाको आयोजनामा आईतबार सिमानतकृत समुदायमा बालविवाह तथा यसका असर समबन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका प्रजिअ पोखरेलले अज्ञान्ता र अशिक्षाका कारण अहिले समाजमा बालविवाह हुनेगरेको दावी गरे ।
अहिलेपनि बालविवाहलाई रोक्न समाज जागरुप हुनुपर्ने मूख्य कुरा रहेका प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई रहेको थियो । दाईजो प्रथाले समाजमा प्रसय लिईरहेको हुदा कानुनले निषेध गरेको बालविवाह र दाईजो प्रथालाई निरुत्सायी गर्नका लागि प्रहरी प्रशासन लागि रहेको बताउदै बालविवाह गर्ने र गराउने दुवैलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिवद्धता गर्नुभयो ।
बालविवाह रोक्नका लागि विवाह गर्ने गराउने दुबैलाई कार्वाही गर्ने समेत दावी गरे । साथै सबै नागरीक साक्षर बन्नुपर्ने धारणा ब्यतm गरे । समाजमा हुने गरेका विभिन्न खाले अपराधहरु नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन लागि परेको बताउदै समाजमा बाल विवाह नगर्न गराउनका लागि जनचेतना मुलक कार्यक्रम चलाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महिला नेतृ कलावती पासवान, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, प्रहरी उपरिक्षक बिकाशराज खनाल, राष्ट्रिय अनुसंंधानका प्रमुख बिमल घिमिरे, सिमा सुरक्षा वलका प्रमुख शस्शत्र प्रहरी उपरिक्षक प्रकाश थापा, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, नेपाल बिधार्थी संघका पुर्व केन्द्रिय सदस्य रामाकान्त साह , यूवासंघका संयोजक पुरुसोतम साह, नागरिक संवाद मंचका प्रभु यादव, ईमरान आलम, रंजु चौधरी लगायतले बालविवाहलाई रोक्नुपर्ने धारणा ब्यतm गरेका थिए ।