वीरगन्ज
छठ पूजा व्यवस्थापन समिति घडीअर्वाको नयां नेतृत्व चयन गरिएको छ । वीरगन्ज १० घडीअर्वा पोखरी परिसरमा शनिबार सम्पन्न स्थानीयको भेलाले आगामी छठ पूजाको व्यवस्थापनका लागि नयां कार्य समिति चयन गरेको हो ।
भेलाले हिरालाल साह कानुको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको ।समितिको उपाध्यक्षमा दिलिप साह कानु, सचिवमा सन्तोष साह कानु , सहसचिवमा मुन्ना साह कानु र कोषाध्यक्षमा तिलक साह रहेका छन् । सदस्यहरुमा राजाबाबु साह कानु , सोनालाल गुप्ता, परशुराम साह कानु , दिपक साह कानु ,उमा साह कानु र क्रान्ति साह रहेका छन्
भेलाले समितिको विधान तयार गरि जिल्ला समितिको विधान तयार गरि जिल्ला प्रशासन कार्यालयमा दर्ताको लागि सन्तोष साह कानुको संयोजकत्वमा ७ सदस्यीय समिति पनि गठन गरेको समितिका निवर्तमान सचिव लखनलाल साह कानुले जानकारी दिए ।
भेलामा निवर्तमान अध्यक्ष प्रेम साह कानुले २०७८ को छठ पूजा व्यवस्थापनमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका थिए । उनका अनुसार २०७८ को छठ पूजामा १६ लाख ४१ हजार रुपैया आम्दानी भएकोमा १४ लाख ३६ हजार रूपैया खर्च भएको थियो । गत बर्षको छठ पूजामा २ लाख ४ हजार रूपैया बचत भएको साहले जानकारी गराएका थिए ।


















