निजगढ,निजगढको गणेशमान पार्क मोहोरीमा फास्ट ट्याक पैदल यात्रीहरुको आइतवार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।अग्रेजी नयाँ वर्ष २०२३ अवसरमा फास्ट ट्याक पैदल यात्रीहरुको भेला आयोजना गरिएको हो । ‘हाम्रै पालामा फास्ट ट्याक र एयरपोर्ट, विकासका निम्ति एकता !’ नारा अंकित व्यानरसहित भेलाको आयोजना गरिएको हो ।कार्यक्रममा अभियानका संयोजक रविराज दंगालले जनस्तरको दबाबको कारण फाष्ट ट्याक निमार्ण कार्य अघि बढेको स्मरण गर्दै निजगढ विमानस्थलका लागि पनि अभियानलाई सशक्त बनाउन आवश्यक रहेको ओैंल्याउनुभयो ।फाष्ट ट्याक एयरपोर्ट निमार्ण मुल व्यवस्थापन तथा सरोकार समितिका संयोजक दंगालकै जस्तै जीतपुरसिमरा उपमहानगरपालिका १६ का पुर्ववडा अध्यक्ष समेत रहेका पैदलयात्री केदारनाथ बजगाईले पनि व्यक्त गर्नुभयो । उहाँले विमानस्थल क्षेत्रका वासिन्दाको उचित व्यवस्थापन गरेर विमानस्थल निर्माण थाल्न ढिला गर्न नहुने बताउनुभयो ।निजगढबाट गएको पैदल यात्रीको टोलीले ज्ञापनपत्र बुझाएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले निजगढमा आएर फास्ट ट्याक निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । तर विमानस्थलको परिपुरक आयोजनाको रुपमा रहेको फाष्ट ट्याक निमार्ण अघि बढे पनि विमानस्थलले गति लिन सकेको छैन् ।प्रचण्ड नेतृत्वमा सरकार बनेसंगै तीन दशकदेखि चर्चामा रहेको विमानस्थल निमार्ण अघि बढाउन अभियन्ताहरुमा फेरि उत्साह पलाएको छ । निजगढ नगर विकास समितिका पुर्वअध्यक्ष कृष्ण खरेलले प्रधानमन्त्री प्रचण्डले फास्ट ट्याकजस्तै विमानस्थल अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply