राजन कुमार बानिया
पोखरिया,जनता समाजवादी पार्टी नेपाल प्रदेश सभा क्षेत्र नम्बर ३ (क) र (ख) को क्षेत्रीय भेलाले मंगलवार सम्पन्न भएको छ ।
क्षेत्रीय भेलाले उपेन्द्र यादवलाई क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को र पवन सिंहलाई (ख) समितिको अध्यक्ष पदमा सर्वसहमत चयन गरेको छ । दुबै प्रदेशिक क्षेत्रीय समितिमा ४१÷४१ जना सदस्य रहेका छन ।
संसदीय क्षेत्र नम्बर ३ को अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा भेला सम्पन भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद मंजुर अंसारी, केन्द्रीय सदस्य जनार्दन यादव, फिरोज मन्सुर, सहइन्चार्ज महाराज यादव, पार्टीका बरिष्ठ नेता सुरेन्द्रप्रसाद कुर्मी, केन्दीय परिषद सदस्य शिवजी सोनी, बहुदरमाई नगरपालिका नगर प्रमुख सिंगासन साह, केन्द्रीय सदस्य शिवकुमार साह, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य गौरीशंकर साह (दादा) प्रदिप जैसवाल, जिल्ला सदस्य, रमेश साह तेली, युवा नेता गोपी यादव, युवा नेता प्रमोद जैसवाललगायत नेता कार्यकर्ताहरु सहभागीता रहेको थियो ।