कृपा संवाददाता
हेटौडा –  हेटौंडा–५ पिप्लेस्थित मत्स्य विकास केन्द्र (माछाप्लान) लाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्य वनाउने उदेश्यका साथ हेटौंडामा छलफल गरिएको छ । मत्स्य विकास केन्द्र उपयोग एवं पर्यटन प्रवर्धन समिति, हेटौंडा- ५ मकवानपुर नामको समिति निर्माण गरी ध्रुब प्रसाद चौलागाईको संयोजकत्वमा काम सुरु गरिएको हो ।

 

 

समितिका सदस्यमा सुधीर थापा, शालिकराम पुडासैनी, रामचन्द्र स्याड़वो, केशब शाही, जेन श्रेष्ठ, माधब न्यौपाने, भानुभक्त आचार्य, केशब समर्पण, देवीप्रसाद दाहाल, बालकृष्ण अधिकारी, देवीप्रसाद गौतम, शिव थापा, पदम वजगाई, दीपेन्द्र ढकाल, हरिगोपाल सापकोटा, प्रमिला केसी, रामकृष्ण तिमल्सिना, भिषण चौलागाई, शुसील घिमिरे, शुक्रराज लामा रहेका छन् ।

 

 

भेला एवं बैठकले मत्स्य विकास केन्द्रसंगै जोडिएको जंगल, कान्तिराजपथको दुईतर्फ रही जंगलसम्म जोडिएको पोखरीलाई कान्तिराजपथमा डुङ्गा चल्न सक्ने पुलले जोडेर डुंगा चलाउने योजना रहेको संयोजक अधिवक्ता चौलागाईले बताए । हेटौंडाका युवापुस्ताको रुचीको स्थान बन्दै गएको माछाप्लान आसपासमा डूाई पिकनिकस्थल निर्माण गर्ने योजना रहेको छ ।

 

 

आसपासको क्षत्रलाई पर्यटकीए स्थलको रुपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने र यस क्षत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्ने अभियान सुरु भएको संयोजक चौलागाईले बताए । माछाका भुरा उत्पादन गरी माछापालक किसानलाई बिक्री गर्दै आएको केन्द्रको जग्गालाई सही सदुपयोग गर्न सकेको खण्डमा उत्कृष्ठ गन्तब्य हुने समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here