निजगढ,युवा संघ निजगढ नगर कमिटीद्वारा नेकपा एमालेको विभिन्न भातृ संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई सोमवार सम्मान गरेको छ ।युवा संघ निजगढ नगर कमिटीले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमा संघको केन्द्रीय विभाग सदस्यमा मनोनित हुनुभएका केन्द्रीय स्वास्थ्य विभागका सदस्य विनोद घिसिङ, सामाजिक सेवा सदस्य विजय तिमिल्सिना, सिप विकास विभागका सदस्य दिपक तिमल्सिनालाई अवीर र खादा लगाएर बधाई दिनुको साथै सम्मान गरिएको थियो ।

त्यस्तै प्रेस चौतारी नेपाल बारा शाखाको अध्यक्षमा निर्वाचित थानेश्वर सापकोटा, कोषाध्यक्ष प्रलाद तिमल्सिना, सदस्यहरुमा इराज कोइराला, बिपिन अधिकारी र विशाल तिमल्सिनाको पनि सम्मान गरिएको छ ।कार्यक्रममा निजगढ नगरपालिकाका वडा नम्बर ५का वडा अध्यक्ष सुर्य थापा मगर, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष एवं युवा संघ निजगढ नगर इन्चार्ज जयराम कुवरले संयुक्त रुपमा उनीहरुको सम्मान गरेका हुन ।

युवा संघ निजगढ नगरकमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रजातन्त्र दिवसको फागुन ७ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढलाई ब्यारिकेट र इष्टबिन पनि हन्तान्तरण गर्ने जानकारी दिइएको छ ।

Leave a Reply