कलैया, २७ कार्तिक– बाराको साविक बरैनिया गाविसका पूर्वअध्यक्ष एंव जनता समाजवादी पार्टीका कार्यकर्ता सागिर अन्सारी लगायत २०० जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ ।

नेकपा बिश्रामपुर गाउँपालिका कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पुर्वअध्यक्ष अन्सारीसहित जसपा पार्टीका स्थानीय सयौं नेता कार्यकर्ता र गाविसका पुर्वसचिव ललन राम नेपालीलगायत नेकपा प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा नेकपाका नेता एंव खेलकुद तथा युवा पुर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य गोपाल ठाकुर, दिनेश राई, ज्वाला साह, पार्टीको बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, सचिव तथा प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, नेताहरु देवनारायण चौधरी, मनोज पौडेल, उमेश कुशवाहा, अमर यादव, मालती कुशवाहा, लालबहादुर पटेल, मुकेस साह र युवा संघका केन्द्रीय सदस्य मोविन आलमलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपा विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा भएको सो कार्यक्रम लवकुश बैठाले सञ्चालन र मनिर देवानले स्वागत गर्नुभएको थियो ।
फोटो पनि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here