आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगरमा आयोजना गर्न लागिएको श्री लक्ष्मीनारायण महायज्ञको मंगलवार बृहद कलश शोभायात्रा निकालिएको छ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लक्ष्मीनारायण महायज्ञको उद्धाटन गरेपछि यज्ञस्थलबाट निकालिएको कलश जलयात्रा गंगानगर, हरिहरपुर, सिम्रौनगढ, जानकी नगर, अमृतगन्ज हुँदै रानिवास बजारमा पुगेको थियो ।सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विवेक मेहताले कलश जलयात्रीहरुलाई रानिवासमा स्वागत गर्नुको साथै फलाहार पनि गराइएको थियो । त्यसैगरी यात्रामा सहभागी भक्तजनहरुले नयका टोला, राम नगर हुँदै त्रिवेणीमा पुगेर जल ल्याएपछि विधिवत पूजासंगै यज्ञ आरम्भ भएको थियो । बाजागाजा र हात्ती, घोडासहित निकालिएको कलश यात्रामा कुमारी कन्या, महिला÷पुरुष श्रद्धालु र भक्तजन, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार, समाजसेवी राजेश यादव, सनातन धर्म रक्षा मन्चका अध्यक्ष ओमप्रकाश् ठाकुर, प्रमानन्द मुखिया, सुभाष कुशवाहालगायत स्थानीय समाजसेवी र भद्रभलादमीहरुको पनि सहभागिता रहेको ,थियो ।


















