वीरगन्ज ।दशैको आगमनसगै तराईमा सवारी चेकजांचका नाममा ट्राफिकहरुले असुली धन्धाको आतंक मच्चाएका छन् । वीरगन्ज महानगरको विभिन्न सडक खण्डमा चेक जांचका नाममा सवारी चालक सर्वसाधारणहरुसंग अवैध रुपमा रकम संकलन कार्यमा ट्राफिक प्रहरी खटिने गरेका छन् । नाम सवारी साधन चेक जांच तर काम भने रकमको अवैध असुली रहेको छ ।

विरगंजको शंकराचार्य गेट अगाडि ट्राफिक सई रामसुन्दर आर्यको कमाण्ड खटिएका ट्राफिक जवान तेज मिश्रा लगायतका ट्राफिक प्रहरीहरुले सर्वसाधारणलाई दुःख दिई मात्र पैसा असुल्ने गरेका छन् । चेकजा“चको नाममा दसैं खर्च उठाउनमा लागेको सर्वसाधाण जनताहरूले भन्न। थाकेका छन् । बाटोमा जाम हुन्छ त्यसको मतलब छैन तर पैसा कसरी आउने त्यो काममा मात्र पर्सा ट्राफिकहरु लागेको उनीहरू बताउ“छन् ।

त्यस्तै विरगंजको आदर्शनगर स्थित सामुदायिक प्रहरी बिट अगाडी खटिएका ट्राफिक हल्वाल्दर नवीन पटेल पनि ऐनी हाउ पैसा कमाउनमा लागेका छन् । उही धाकधम्की दिई बिना कारण पनि सवारी चालकहरुसंग रकम उठाउनमा लागेका छन् ।

हवल्दार पटेल प्रहरी निरीक्षकको आदेश अनुसार चौक चौकमा गई चेक जा“चको नाम रकम असुल्ने गरेका छन् । यता १० दिन देखि पर्सा ट्राफिकले चेकजा“चलाई तिब्रता दिई दैसै खर्च उठाउनमा लागेका छन् । बेलुका ७ बजे देखि वीरगन्ज महानगरको विभिन्न चौकमा गई चेक जा“चको नाम रकम उठाउने गरेको छ ।

सडकमा खटिएका ट्राफिक प्रहरीले सडकमा दुर्घटना जोखिम न्यूनीकरण गर्न भन्दा पनि चेक जांचका नाममा रकम असुली गर्न व्यस्त देखिन्छन् । सडक सुरक्षा भन्दा पनि राजश्व संकलन र आफ्नो कार्य प्रगति देखाउन ट्राफिक प्रहरीले सडकमा अनावश्यक रुपमा सर्वसाधारणलाई दुख दिने गरेको स्थानीयको गुनासो छ ।

सो सडक खण्डमा क्षमता भन्दा बढि लोड बोकेर हिड्ने ठुला सवारी साधनहरुलाई भने सेटिंगकै आधारमा सामान्य जरिवाना काटेर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । तर सर्वसाधारणलाई कागज पत्रको बाहनामा दुख दिने, अवैध रकम असुली गर्ने गरेको स्थानीयहरुको ठुलो गुनासो छ ।

सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै भन्सार कार्यालयमा अवैध असुली धन्दा चलाइरहेको खुलेको छ । वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका हुन् ।

सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत बहुअरी चोकमा रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ ।

अहिले ट्राफिक प्रहरीको चेकजा“चको नाममा पैसा असुल्ने रणनीतिका कारण वीरगन्ज महानगरको चौक सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ । यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ सई राजेन्द्र गैरे संग बुझ्न खोज्दा हामीले कहीं कतै आतंक मच्चाएको छैन । हामी नियमित २ घण्टा चकेजा“च गर्दै आएका छौ ।

Leave a Reply