कलैया,जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बारा जिल्ला अदालतबाट दोषि ठहर भई कैद तथा जरिवाना सजाय फैसला भएपछि फरार रहदैआएका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआइन बस्ने ३१ वर्षीय सोनालालप्रसाद यादव र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा बस्ने २५ वर्षीय मुनिलालप्रसाद यादव रहेका छन् ।सोनालालमाथि शिक्षा सम्बन्धि मुद्दामा जिल्ला अदालतले ७ हजार जरिवाना तोकिएको थियो भने मुनिलालविरुद्ध चोरी मुद्दामा ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना सजाय तोेकेको छ ।पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply