कलैया,प्रहरीले चाँदी तथा सुन जस्तो देखिने ७ किलोग्राम धातुको गहनासहित बाराको बिश्रामपुर गाउँपलिका छतवाबाट शुक्रवार १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चाँदीको जस्तो देखिने ६ केजी र सुनको जस्तो देखिने १ केजी गहनासहित जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोलस्थित सडकबाट सोही पालिका भरवलिया टोल बस्ने कृष्ण साहको छोरा वर्ष २९ को रामविनय साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र सीमा प्रहरी चौकी छतवाबाट खटिएको टोलीले ना ६१ प ९३४० नं. को मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याउदै गरेको ३ लाख २० हजार मूल्य बराबरको ५ किलो ९९८ ग्राम चाँदी जस्तो देखिने धातु तथा ३ लाख ६० हजार बराबरको करिव १ किलोग्राम सुन जस्तो देखिने पहेलो धातुको तयारी गहना सहित फेला पारी पक्राउ गरी नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

Leave a Reply