कृपा संवाददाता
हेटौंडा २७ कार्तिक । माटो र आमाको स्वास्थ्य सुधारबाट भान्छानै औषधालय वनाउने ७ दिने कार्यक्रम हेटौंडामा सुरु गरिएको छ । उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।

 

कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहांनगरपालिकाका मेयर हरिबहादुर महतले माटो र आमाको स्वास्थ्य सुधार ल्याउनका लागि सात दिन सम्मको तालिम दिन सुरु गरिएको वताउनुभयो । माटोलाई पहिले सुद्ध वनाउनका लागि आग्रह गर्दै उहांले भन्नुभयो  ।

 

‘माटो सुद्ध भएमा राम्रो उव्जनी हुन्छ र आमाले भान्छामा सुधार ल्याएमा परिवारका सवै निरोगी हुनेछन् ।’ सबैले आफ्नो स्वास्थ्यमा सुधार ल्याउनका लागि बिहान व्याम गर्नै पर्ने मेयर मतले वताउनुभयो ।

 

यस कार्यक्रमका लागि उपमहानगरपालिकाले धेरै सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको वताउनुभयो । सात दिन सम्मको तालिममा प्रशिक्षण र प्रयोगात्मक समेत गराइने प्रशिक्षक रोमलाल गिरीले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here