बसन्त लामा

सिगौंल,खेतमा रासायनिक मल हाल्न नपाउँदा धान उत्पादनमा कमी आउने सक्ने भन्दै सिंगौलका किसान चिन्तित हुन थालेकाछन ।

नेपाल सरकारले किसानलाई रासायनिक मल समयमा नै उपलब्ध गराउन नसक्दा धान उत्पादनमा कमी भएपछि किसान चिन्तित बनेका हुन ।

बारा जिल्लाको उत्तरी भेग निजगढ नगरपालिकाको सिंगौंल वडा नम्बर १, २ र ३ का किसानले अझै पनि आवश्यकताअनुसार रासायनिक मल पाउन नसकेको गुनासो गरेकाछन ।

केरा खेतीको लागि सहकारी संस्थाले जेनतेन थोरै युरिया मल उपलब्ध गराए पनि धान बालीको लागि भने युरिया मल उपलब्ध गराउन नसकेपछि खेलमा मल हाल्न नपाएको सिगौंलका किसान माया बोम्जन बताउनुहुन्छ । उहाँका अनुसार धान पोटाउने बेलामा मल हाल्न नसकिए धन उत्पादनमा कमी हुने गर्दछ ।

उता सरकारले कृषि सामग्री संस्थामार्फत उपलब्ध गराएको मल अभाव भएपछि सिंगौलका किसानरु व्यापारीले भारतबाट लुकिछिपी ल्याएको युरिया मल प्रतिबोरा २ हजार ६ सय तिरेर खरिद गर्न बाध्य बनेका छन ।

Leave a Reply