कलैया,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–९ स्थित कृषि विकास तथा संरक्षक समाज कचोर्वाको सभाकक्षमा बिउ उत्पादक, संरक्षक कृषकहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

कार्यक्रमको उद्धाटन गर्दै सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुखले आवश्यकता नै आविष्कारको जननी भएको बताउनुभयो । उहाँले जबसम्म बच्चा रुँदैन आमाले दूध ख्वाउँदिन, ठीक त्यस्तै कृषकहरुले पनि आफूहरुलाई समस्या परेको कुरा नगरपालिकालाई जानकारी दिनुपर्ने बताउनुभयो । समस्याको जानकारी भएपछि आफूलाई समाधान खोज्न सजिलो हुने उहाँको भनाइ थियो ।

नगर प्रमुख कलवारले जनता मावि कचोर्वाको सन्दर्भमा अनाहक आरोप लगाउने कार्य भएको पनि बताउनुभयो । गलत काम गर्नेहरूले विद्यालयको वातावरण बिगारेको उहाँको आरोप छ । नगरपालिकाभरिका विद्यालयहरूमा सबैभन्दा धनी विद्यालयलाई सुधार गर्र्नेेतर्फ सबैको ध्यान केन्द्रित हुनपर्ने उहाँले बताउनुभयो ।

कृषि विकास तथा संरक्षक समाजका अध्यक्ष रामबाबुप्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा लोपोन्मुख धानको बिउ संरक्षण र बिउ उत्पादन सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा वडाध्यक्षहरू रामदिनेशप्रसाद यादव, रामएकबालप्रसाद यादव, महानारायण यादव, शिक्षक शम्भुप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी किसानहरू धरिछन मुखिया बिन, रामप्रसाद यादव, यमुनाप्रसाद यादव, मदनप्रसाद यादव, कृष्णादेवी, इन्दुदेवी, महानारायणप्रसाद यादव समेत ५० जनालाई गम्छा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा ऋषभदेव ठाकुरले स्वागत र राजकुमार यादवले सहजीकरण गर्नुभएको थियो ।

 

Leave a Reply