कलैया,शिक्षा ऐन २०८० को मस्यौदा विरुद्ध बाराका शिक्षक संघसंगठनले आन्दोलन परिचालन समिति गठन गरेका छन् ।शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको संयोजकत्वमा १२ सदस्यीय आन्दोलन परिचालन समिति बारा गठन गरिएको हो । समितिको सहसंयोजकमा शिक्षक सगठनका अध्यक्ष सुरेन्द्र पासवान, उपसंयोजकमा राहत शिक्षक बारा अध्यक्ष श्यामबाबु यादव रहनुभएको छ ।यसैगरी समितिको सदस्यमा नन्दकिशोर दुबे, पारसप्रसाद जयसवाल, रोशन यादव, दिवाकर के.सी, देवकुमार प्रसाद साह, कमेश दुबे, मनिष यादव र मन्जु सुवेदी रहेका छन् ।त्यस्तै प्रत्येक पालिकाबाट एक÷एक जना सदस्य रहने मंगलवार संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । माग पुरा गराउनको लागि सरकारमाथि दबाब सिर्जना गर्न शिक्षक महासंघको निर्देशन अनुसार हुने आन्दोलन सफल पार्न परिचालन समिति गठन गरिएको बताइएको छ ।नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको निर्देशनअनुसार हाल मन्त्रीपरिषदमा रहेको ‘विद्यालय शिक्षा ऐन– २०८० को मस्यौदामा संशोधनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु देशव्यापी आन्दोलनमा छन ।

 

Leave a Reply