कलैया,बारा जिल्लाको पचरौता नगरपालिकाले नगर प्रमुख जीवन रक्षा कार्यक्रमअन्तर्गत खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । पचरौता नगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम नगरप्रमुख जलन्धर सिंह जयसवालको प्रमुख आतिथ्यमा र स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, पर्सा कार्यालय प्रमुख वीर समसेर कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाषकुमार गुप्ताले दिनुभएको थियो । कार्यक्रममा कन्हैयाकुमार साह, मनजुर आलम, विनोदप्रसाद जयसवाल, दिलीप पटेल, पङ्कज पटेल, अजय पटेल, जितेन्द्र साह, धिरज पटेल, नबलकिशोर लगायतले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग वीरगञ्ज रक्तसञ्चार केन्द्रका जितेन्द्रप्रसाद कुशवाहा, नितेश यादव, समिम आलम लगायतको टोली सक्रिय रूपमा संलग्न रहेको थियो ।

Leave a Reply