कलैया,प्रहरीले भरुवा बन्दुक सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर गुम्बा टोलबाट शुक्रवार भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले स्थानीय संजिव बलको घर खानतलासी गर्ने क्रममा लोड भएको भरुवा बन्दुकसहित उनलाई पक्राउ गरेको हो । बल सुत्ने कोठाभित्र सिरकले छोपी लुकाई छिपाई राखेको अवस्थामा भरूवा बन्दुक १ थानर सोमा प्रयोग हुने बेरिङ थान–५ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here