काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन्।

भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।

प्रधानमन्त्री बालेनले दिएको निमन्त्रणाले दुई देशबीचको उच्चस्तरीय भ्रमण तथा आपसी सम्बन्धलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल भइरहेका बेला शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

Leave a Reply