सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर चौकस्थित वीरगन्ज–पथलैया सडक खण्डबाट प्रहरीले ९ सय लिटर मदिरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले सिमराबाट तीतपुरतर्फ जादै गरेको ना. ५ च. ३५८६ न. को सामान बोक्ने म्याजिक गाडीलाई शंका लागेर नियन्त्रणमा लिई चेक जाँच गर्दा गाडीभित्र प्लाष्टिकमा प्याक गरी बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने वर्ष ३४ को होमप्रसाद भेटवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply