सिकिन्द्र साह

सिम्रौनगढ,नेपाली कांग्रेसका महामन्त्री एंव पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कांग्रेशले बहुमत प्राप्त गर्न नसक्दा देशमा सुशासन दिन नसकेको बताउनुभएको छ ।

बारा जिल्लाको पचरौता र सिम्रौनगढ नगरपालिकामा आइतवार आयोजित चुनावी सभामा शंवोधन गर्दै नेता थापाले सो कुरा बताउनुभएको हो । ‘बहुमत पाएका कम्युनिष्टहरुले देश चलाउन सकेनन, महामन्त्री थापाले भन्नुभयो, चाहेअनुसार शासन चलाउन हामीसंग पनि बहुमत छैन ।’ उहाँले आगामी निर्वाचनमा तिनवटै तहमा कांग्रेशको बहुमत दिन जनतासंग आग्रह गर्नुभयो ।

उहाँले स्थानीय निर्वाचनमा सिम्रौनगढमा नेपाली कांग्रेशको रुख चिन्हमा छाप लगाएर मेयर पदका उम्मेदवार विजय शंकर यादवको प्यानललाई जिताउनसमेत आग्रह गर्नुभयो । कांग्रेश क्षेत्र नम्बर १ का सभापती एंव सिम्रौनगढ नगरपालिका प्रमुख विजय शंकर यादवको अध्यक्षतामा भएको आमसभामा हजारौको सङ्ख्यामा नेपाली कांग्रेसका कार्यकर्ता र समर्थकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply