कलैया,खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा शुन्य दशमलव एक प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।जिल्लामा कृषकहरूले कुल १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ म बाराका किसानहरुले विभिन्न जातका अगहनी धान ३४ हजार १ सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४ दशमलव १ मेट्रिकटनले कुल १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो ।खडेरीले गर्दा धान पाक्ने समयमा पानी नपरेको हुँदा यस वर्ष ३ हजार ३ सय ९१ मेट्रिकटन कमी हुन गएको कुरा कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भन्नुभयो ।उता उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल ३ हजार ४ सयमा बिक्री भइरहेको उपभोक्ताहरूले बताएका छन ।जिल्लामा रु ४ अर्ब ९५ करोड ६३ लाख २ हजार ८६ बराबरको १ लाख ३९ हजार ८ सय ९२ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

Leave a Reply