नेपालमा माओवादी सशस्त्र विद्रोहको बर्बरता फेरि एकपल्ट राजनीतिका नाममा मञ्चन गरिएको छ। मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई अपहरण गरी चरम यातनाका साथ नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) ले हत्या गरेको छ, एक हप्ता अगाडि ।आफ्नो शक्ति कमजोर हुँदा या राजनीति नेतृत्वमा नैतिक साहस नहुँदा अक्सर कायरता उनीहरुको हतियार बन्न जान्छ। बर्बरता र यातनाले सिर्जित गर्ने आतंकलाई आफ्नो शक्ति मान्ने भूल अक्सर यस्ता आन्दोलनकारी समूहहरुले गर्ने गर्छन्।विप्लव समूहले एउटा शिक्षकलाई हत्या गरेर अर्को मुक्तिनाथ अधिकारी जन्माएको छ हैन? विप्लव समूहको राजनीतिक भविष्य भोलि कस्तो होला? तर शिक्षक राजेन्द्र श्रेष्ठको हत्याले साँच्चै नै उसको क्रान्तिकारिता हैन, कायरताको संकेत गर्नेछ।
मुलतः विप्लव समूहले हत्याको जिम्मेवारी लिएको छ र श्रेष्ठमाथि जासुसीको आरोप लगाएको छ। माओवादी सशस्त्र विद्रोहताका पनि व्यक्तिगत रिसइबीका पात्रहरुलाई ‘वर्ग शत्रु’ ठहर गर्दै स्थानीय तहमा उनीहरुको ‘सफाया’ गरिएका कैयौँ उदाहरणहरु छन्। क्रान्तिका नाममा यो हत्याको पुनरावृत्ति कुनै पनि रुपमा स्वीकार्य हुँदैन।
यसरी ब्यक्ति हत्यामा हिजो उत्रिएको माओवादी आज शासकसत्तामा छ । उसका कारण मुलुकले धेरै ठूलो क्षति ब्यहोरेको छ । फेरि बिप्लवको ब्यक्ति हत्याको घटनाले केही कुराको झझल्को दिएको छ । कुनैपनि क्रान्तिको नाउको बर्बरता नेपाली जनताले अब स्वीकार्य आवश्यक छैन । आफ्नो निहित स्वार्थ पूर्तिका लागि हुने हत्या अपराध हो नकि क्रान्ति होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here