धिरेन्द्र तिवारी

कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर ९ मा मदर्शा सलफिया दारुल ईश्ल्लामले कलैया उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई शनिवार एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले जिल्ला अध्यक्ष एवंम कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, विशिष्ट अथिति उपमहानगरपालिकाकी उपप्रमुख रौशण प्रवीण र नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मधेस प्रदेश सभा पूर्वसदस्य महमद समीर, जिल्ला सचिवालय सदस्य एम समिउल्लाहलगायतको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
मदर्शा सलफियाका अध्यक्ष मनिर अन्सारीले कार्यक्रमका प्रमुख अथिति तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, विशिष्ट अथिति उपप्रमुख रौशण प्रबीण, कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष पुरुषोत्तम सिह पाण्डे, वडा नम्बर २३ वडा अध्यक्ष अमिन अन्सारीलगायतका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य रुस्तम अन्सारी वडा नम्बर ९ का पूर्ववडा अध्यक्ष तथा नेकपा एमालेका नेता डाक्टर अख्तर अन्सारीलगायत स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियोे ।


















