बारा – नेपाली कांग्रेस बाराले प्रदेश नम्बर २ का कोरोना भाइरसबाट प्रभावित भई संक्रमण देखिएका विरामीहरूको उपचारको लागि ४० लाख ७५ हजार हस्तान्तरण गरेको छ । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतलाई अाज हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस प्रदेश नं. २ का संसदिय दलका नेता रामसरोज यादव र बाराका सभापति जयचन्द्र चौरसियाले संयुक्तरूपमा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका छन । प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा  नेपाली कांग्रेस बाराले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
विश्वभरी महामारीको रूप लिएको कोरोना भाइरस बाट प्रदेश नं. २ मा संक्रमण देखिएकाहरूको उपचारको लागि चेक हस्तान्तरण गरिएको बाराका सभापति चौरसियाले बताए । देशको सुख दुखको सारथिको रूपमा रहेको नेपाली कांग्रेसले महामारीबाट पिडितहरूको घाउमा मल्हम लगाउन प्रदेश सरकारलाई चेक हस्तान्तरण गरिएको नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए ।
चेक हस्तान्तरणमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव, नेपाल पत्रकार महासंघ बाराका कोषाध्यक्ष मुकेश यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतको उपस्थिति रहेको थियो  ।

Leave a Reply