नरेश गुप्ता

बरियारपुर,बाराको महागढीमाई नगरपालिकास्थित श्री गढीमाई बहुमुखी क्याम्पसमा बिएड पहिलो वर्षमा अध्यनरत छात्राहरुलाई बिहीवार साइकल वितरण गरिएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले क्याम्पसमा अध्ययनरत १६ जना छात्राहरुलाई साइकल वितरण गर्नु भएको हो । साइकल वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले नगरपालिकाले क्याम्पसलाई हरेक वर्ष २५ लाखको दरले बजेट सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

गाउँका विद्यार्थीले उच्चशिक्षा हासिल गरुन भन्ने उद्देश्यले नगरपालिकाले क्याम्पसलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा राजनीति नगर्न आग्रह गर्दै उहाँले दलगत स्वार्थमा विद्यार्थीको भविष्यसंग खेलवाड नगर्न पनि सबैमा अनुरोध गर्नुभयो । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको पनि उहाँले बताउनुयो ।

श्रीगढीमाई बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिजयप्रसाद स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघ बाराका अध्यक्ष प्ररमहंश यादव, श्री गढीमाई नमुना प्राविधिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता, सोही विद्यालयका प्रधानाध्यापक मनोजकुमार साह, शिक्षाप्रेमी भैयाराम यादव, शिक्षक धर्मेन्द्र यादवलगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply