नरेश गुप्ता
बरियारपुर – एउटा गाइले ३ वटा बच्चा दिएकाे कुरा सुन्दा जाेकाेही चकित हुन्छ । तर याे कुरा वास्तविक हाे , कुरा हाे बारा जिल्लाकै । बाराको महागढीमाई नगरपालिका ५ कवही जब्दीका उमेश चौधरीले आफ्नाे घरमा पालेको गाईले तीनवटा बाछाबाछी जन्माएपछि हेर्नेहरुको भिड लागेको छ ।
स्थानिय कृषक चौधरीले पालेको गाईले एकै चोटी तीन वटा बाछाबाछी जनमाएको खबर सुनेपछि हेर्नेहरुको भिडभाड बढेको छ । आफ्नो गाईले एकै चोटी तीन वटा बाछाबाछी जन्माउछ भने पत्याउनै नसकने तर ईश्वरको महिमा ठूलो रहेको कृषक चौधरीले बताए । जन्माएको बाछाबाछी सकुशल रहेको भेटनरी पसल संचालन गर्दै आएको बिजय चौरसियाले बताए । गाईलाई जाडोमा न्यानो ओढने ,खानेकुरा पनि प्रशस्त दिएपछी दुधको मात्रा बढने चौरसियाले बताए । बाछाबाछी पनि सकशुल रहेको र हेरचाह गरिएको छ ।