राजकुमार यादव
मौलापुर,नेकपा एमाले पार्टीको रौतहट – काठमाण्डौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत जिल्ला भेला शनिवार कठमाण्डौस्थित रोज पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
भेलाल े रौतहट क्षेत्र नंबर १, २, ३ र ४ को क्षेत्रीय सम्पर्क कमिटी गठन गरेको छ । भेलाले क्षेत्र नम्बर १ मा शैलेन्द्र कुमार यादव, २ मा उदय जयसवाल, ३ मा डा. अरुण कुमार साह र ४ मा ईन्दल साहको संयोजकत्वमा ७५÷७५ सदस्य क्षेत्रीय कमिटीहरु सर्वसहमत रुपमा चयन गरेको होे ।
कार्यक्रममा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न पार्टी परित्याग गरी ठुलो संख्याका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यमा र पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।